कोभिड – १९ का कारण नेपाल बाहिर २९ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण युरोप, अमेरिकालगायत खाडी मुलुकसम्म गरी हालसम्म २९ नेपालीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । शनिवार (वैशाख ६ गते)सम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै बेलायतमा १७, अमेरिकामा ८ जनाको मृत्यु भएको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको मृत्यु भएको तथ्यांक गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक गरेको हो । एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले यो तथ्यांक संकलन गरेको हो । यता नेदरल्यान्डमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेदरल्यान्डको एमस्टर्डम बस्ने ३४ वर्षीय महिला रहेकी छिन् । उनको मृत्युबारे भने एनआरएनको तथ्यांकमा उल्लेख गरिएको छैन । 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *