कोरोना भाइरस संक्रमण हुँदा

Quotes

 पहिलो चरणमा ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म), सुख्खा तथा लहरेखोकि लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, घाँटी बस्ने, थकाइ लाग्ने गर्छ भने दोस्रो चरणमा आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने, पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने, श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने गर्दछ । यस्तै तेस्रो चरणमा सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने, धेरै छाती दुख्ने,उठ्न निकै गाह्रो हुने, कुराहरु बिर्सने, कन्फ्युज हुने, बेहोस हुने, गर्दछ । यो बेलामा हामीले रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने, नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने गनुपर्छ । 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *