नेपालमा संक्रमितको संख्या पुग्यो ३१

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिवार(वैशाख ६ गते) उदयपुरमा भेटिएकामध्ये ६५ वर्षीय पुरुषको टेष्ट पोजेटिभ आएको जनायो । यसअघि शुक्रवार १४ जना संक्रमित भेटिएका थिए । नेपालमा कोरोना संक्रमितमध्ये ४ जना निको भइसकेका छन् । २७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये १३ जना कोशी अस्पताल, ५ जना सेती अस्पताल, ४ जना नारायणी अस्पताल, २ जना चितवन, १ जना टेकु, २ जना पाटन, १ जना बाग्लुङ अस्पतालमा उपचाररत छन् । 

About us Image

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *