भारतको दिल्लीमा एक नेपालीको कोरोनाबाट मृत्यु

३० जेठ २०७७ ।
भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ । दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको सतासीधाम ९ का स्थायी बासिन्दाको मृत्यु भएको हो ।

उनी ४९ वर्षका हुन् । उनी पहाडगंज क्षेत्रमै परिवारका साथमा बसोवास गरिरहेका थिए । उनले प्राईम एक्सप्रेस नामले एक कुरियर कम्पनी चलाइरहेका थिए ।

गत ४ जुनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ७ जुनमा उनका छोराले लेडीहार्डीङ अस्पताल लगेका थिए । तर सोही दिन उनको अस्पतालमै मृत्यु भएको नेशनललाइभटिभी डटकमले समाचार लेखेको छ ।

उनको मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टी भएको छ । उनको निधनपछि आत्तिएका उनकी पत्नी र छोरा नेपालतिर हिडेको बताएका छन् । उनको शव बुझ्ने कोही नहुँदा अन्तेष्टी हुन सकेको छैन ।

कोरोना संक्रमणले मृत्यु भएकाको शव परिवारलाई नसुम्पिए पनि प्रशासनले पारिवारिक सदस्यको रोहवरमा आफै अन्त्येष्टी गर्ने गर्दछ । अहिले शवको अन्तिम संस्कार गराउनका लागि परिवारको स्वीकृति पत्र मगाउने काम भइरहेको परिवारको सम्पर्कमा रहेका कृष्ण गुरुङले बताए ।

नेपालमा मृतकका आफन्तलाई सम्पर्क गर्न खोज्दा फोन उठाएका छैनन् ।
स्रोत : https://nagarikkhabar.com/2020/6/37559?fbclid=IwAR0FjqeYXFjPGpmUiRfjSlwDzc38EH7HkPDkciPSG0UZcYKcujGqZFOZrIU#.XuOVkEXXZ5k.facebook

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *