कोरोना संक्रमणबाट १२१ जना एनआरएनको मृत्यु

१४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणका कारण शनिवार जेठ १८ सम्ममा नेपालबाहिर १ सय २१ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार यो हप्ता थप ७ जना नेपालीहरुले कोरोनाका कारण मृत्यु भएको छ।

संघका अनुसार यूएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता मृत्यु भएको हो।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)मा १९ जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण १७ नेपालीको मृत्यु भएको छ। यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ।


संयोजक सापकोटाका अनुसार नेपालबाहिर १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, यूएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजिल्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए। यो हप्ता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *